Hire Purchase Loan

सदस्यले संस्थामा सदस्य वनि ३ महिना देखी नियमित वचत गर्दै आएको, सदस्य राहत कोषमा सहभागि भएको र विगतमा ऋण लगेको भए नियमित किस्ता व्याज तिरेको रेकर्ड भएको खण्डमा गाडि, कार, ट्याक्टर वस जस्ता सवरी साधन खरिद गर्न यो कर्जा प्रदान गरिने छ । ऋण चुक्ता नभएसम्म सामानको स्वामित्व संस्थामा रहने छ । यो ऋणको अधिकतम सिमा र अवधि रु. २०,००,०००।- या खुद मूल्यको ६० प्रतिशत र ५ वर्षको हुने छ । ऋणको व्याजदर १६ प्रतिशत र ग्रेस अवधि ३ महिना रहने छ भने कर्जा ५७ समान किस्तामा तिर्नु पर्ने छ । धितो लिई यो ऋण रकम रु.१५,००,०००।- सम्म प्रमुख कार्यकारी अधिकृतले र सो भन्दा माथिको ऋण ऋण उप समितिले स्विकृत गर्ने छ । यो ऋणको ५ प्रतिशत सम्म संस्थाको शेयर खरिद गरेको हुनु पर्दछ ।