House Construction & Land Loan

सदस्यले संस्थामा सदस्य वनि ३ महिना देखी नियमित वचत गर्दै आएको, सदस्य राहत कोषमा सहभागी भएको र विगतमा ऋण लगेको भए नियमित किस्ता व्याज तिरेको रेकर्ड भएको खण्डमा संस्थाका सदस्यहरूले आ�नो घरवासकोलागि वा व्यवसायिक उद्देश्यले खरीद गरिने या निमार्ण गरिने आदिकोलागि दिइने ऋणलाई जनाउनेछ । यो ऋण ५ वर्ष अवधिको लागि १६ प्रतिशत व्याज तिर्ने गरि वढिमा रु.६०,००,०००।- सम्म धितो राखि ऋण प्रदान गर्न सकिने छ । यो कर्जाको ५ महिना ग्रेस अवधि रहने छ भने ५५ समान किस्ताम तिर्नु पर्ने छ र अवधि पुगे पछि नविकरण गर्न सकिने छ । यो ऋण रकम रु.१५,००,०००।- सम्म प्रमुख कार्यकारी अधिकृतले र रु.२५,००,०००।- सम्म ऋण उप समितिले र सो भन्दा माथि संचालक समितिले स्विकृत गर्न सक्ने छ । यो ऋणको ५ प्रतिशत सम्म संस्थाको शेयर खरिद गरेको हुनु पर्दछ ।