संस्थाको आफ्नो कार्यक्षेत्र भित्र समुदायमा छरिएर रहेको पूजीलाई एकत्रित गरी सदस्यहरुको फजुल खर्च गर्ने वानीलाई निरुत्साहित गरी बचत गर्ने बानीको विकास गराई विभिन्न प्रकारको बचत संकलन गरी सोमा प्रतिस्पर्धात्मक ब्याज प्रदान गर्दै उनिहरुको आर्थिक, सामाजिक र सास्कृतिक विकास तथा संस्थाको पजी निर्माण गरी सदस्यहरूलाई सरल र सुलभ तरिकाले वित्तिय सेवा उपलब्ध गराउने उद्देश्यले बचत नीति–२०७० तर्जुमा गरी संस्थामा लागु गरिएको छ ।

खाता खोल्नु पर्नेः-सवै प्रकारको बचतमा सदस्यहरूले छुट्टाछुट्टै खाता खोल्नु पर्ने छ ।

खाता खोल्ने शुल्क- संस्थामा बचत खाता खोल्नको लागि बाल बचत, ६५ वर्ष पुगेका जष्ठ नागरिक, अपांगता भएका व्यक्तिबाहेक अन्य बचत मा रु. २०० शुल्क लाग्नेछ ।

व्याजको गणना-
बचत खाताहरुमा तोकेबमोजिम व्याज गणना गरी कम्तिमा प्रत्येक त्रैमासिक रुपमाा खातामा चढाइने छ । आवधिक बचतमा भने सम्झौता अनुसार हुनेछ ।

व्याजदर परिवर्तनः वचतको व्याजदर सञ्चालक समितिले समय-समयमा निर्णय गरे अनुसार हुनेछ ।

करकट्टीः सदस्यहरूले बचत रकममा प्राप्त गरेको व्याजबाट नियमानुसार नेपाल सरकारलाई तिर्नु पर्ने करकट्टी गरी बाकि रकममात्र सदस्यहरूको खातामा चढाईनेछ ।

बचत भुक्तानी: सदस्यहरूले आफ्नो खातामा भएको रकम झिक्नकोलागि माग भइ आएमा संस्थाले जारी गरेको भुक्तानी रसिदमा विवरण भरी दस्तखत नमूना अनुसारको दस्तखत विवरण ठीक भएमा भुक्तानी दिईने छ ।

बचतको रेकर्ड तथा अभिलेख
सदस्यहरुले संस्थामा जुन सुकै प्रकारको बचतमा रकम जम्मा गर्दा संस्थाले वचत जम्मा गरेको रसिद -भर्पाई उपलब्ध गराउने छ साथै वचत पासवुकमा समेत संस्थाको आधिकारिक कर्मचारीले रकम पोष्टिंग गरिदिनेछ साथै संस्थाले व्यक्तिगत बचत खातामा सदस्यहरुको बचत एवं प्राप्त गरेको व्याजको अभिलेख राखिने व्यवस्था मिलाईनेछ ।

बचत खाताको निरिक्षण र अध्यावधि गर्नेः
क)प्रत्येक बचत खाताको मासिक रुपमा निरिक्षण गरी तिनीहरुलाई अध्यावधि गरिनेछ
ख)प्रत्येक बचत खातालाई मुख्य खातासंग भिडाई हिसाब मिलान गरिनेछ ।
ग)खाताहरु अध्यावधि गर्ने र भिडाउने जिम्मेवारी ब्यबस्थापक को हुनेछ ।

धरौटी तथा जमानीको रुपमा वचत
जमानत राखीएको वचत वरावरको रकम ऋणको किस्ता वुझाएपछि मात्र बचत झिक्न सकिनेछ । यदि वचत जमानत राखी झिकेको ऋण वचतकर्ता स्वंयले नतिरेमा वा निजको वचत रकम जमानत राखी कुनै सदस्यले संस्थावाट लिएको ऋण भाखा नघाई संस्थाको ऋण भु�ाानी नगरेमा जमानत वरावरको रकम संस्थाले कट्टा गर्न सक्नेछ ।

खाता हेर्न पाउने व्यवस्था
सदस्यहरुको वचत खातामा जम्मा भएको रकम सम्वन्धित सदस्य तथा सदस्यको हकवालालाई वाहेक अरु कसैलाई जानकारी दिन संस्था वाध्य हुने छैन ।

खाता बन्दः सदस्यले आफ्नो सदस्यता त्याग गरेमा संस्थामा भएका सबै खाताहरू स्वतः बन्द हुनेछन् । सदस्यता त्याग गरी सबै खाताहरू बन्द गर्दा संस्थाले तोकेको खाता बन्दी शुल्क लाग्नेछ । नियमित बचत वाहेक अन्य बचत खाता वन्द गर्न तोकीयको ढाचामा निवेदन दिनु पर्नेछ , खाता बन्दी शुल्क मासिक र वाल बचत वाहेक अन्यमा रु.१०० लाग्नेछ ।

विविध:
(क)संस्थामा जम्मा गरेको सबै प्रकारको बचत रकममा सदस्य जीवित रहुन्जेलसम्म अरू कसैको हकदावी लाग्ने छैन ।
(ख)रकम झिक्न आउदा सदस्यको मन्जुरी प्राप्त गर्ने व्यक्तिले पनि रकमको भुक्तानी पाउने छ ।
(ग)सदस्यको खातामा रहेको रकम निजको मृत्यु भएमा ईच्छाएको व्यक्तिको मात्र हक लाग्ने र कसैलाई ईच्छाएको रहेनछ भने प्रचलित कानून वमोजिमको हकदारको हक लाग्नेछ ।
(घ)संस्थाबाट भए गरेका सबै प्रकारका बचतहरू यसै नीतिअनुसार भए गरेको मानिने छ ।
(ङ)यस नीतिको व्याख्या, संशोधन र खारेजी गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिमा निहित रहनेछ ।

यस नीतिका कुनै कुरा नेपालको सहकारी ऐन नियम , संस्थाको विनियम वा नेपालको प्रचलित कानुन संग बाझिएमा वाझिएकै हद सम्म स्वत अमान्य हुनेछन् ।