संस्थामा ऋण लिन चाहने सदस्यहरूले न्यूनतम निम्नलिखित आवश्यक प्रक्रिया पुयाउनु पर्नेछः-
क)ऋण माग गर्दा तोकिएअनुसारको निवेदनमा विवरण खुलाई पेश गर्नुपर्नेछ ।
ख)ऋणले थाम्ने धितो वा बचत जमानीको व्यहोरा उल्लेख गरेको हुनुपर्ने ।
ग)घरजग्गा धितो जमानीमा ऋण लगानी गर्दा खरीद बिक्रीमा चलनचल्तीको न्यूनतम
मूल्यको आधारमा निर्धारण गरेको मूल्याङ्कनअनुसार प्रचलित मूल्य मानी मूल्याङ्कनको बढीमा ५० प्रतिशतसम्म ऋण लगानी गर्न सकिनेछ ।
घ)सदस्यको बचत जमानीमा ऋण लगानी गर्दा बढिमा बचत रकमको ९० प्रतिशतसम्म ऋण लगानी गर्न सकिनेछ ।
ङ) ऋण मागकर्ता सदस्यले पहिले लिएको ऋण भाखा नाघेको भए चुक्ता गरेको हुनुपर्नेछ ।
च)प्रमुख कार्यकारी अधिकृतले वा ऋण उपसमितिले ऋणको उद्देश्य र सदुपयोग भए नभएको विवरण खुलाई सञ्चालक समितिमा प्रतिवेदन पेश गर्नुपर्नेछ ।
छ)हायरपर्चेज ऋणको हकमा खरीद गर्न लागिएको जिन्सी सामान बिल कोटेशन वा कागजपत्रहरू पेश गर्नुपर्नेछ । साथै सम्बन्धित निकायबाट रोक्का वा अन्य प्रक्रिया पूरा गरेको हुनुपर्नेछ ।
ज)ऋणको उपयुक्तता सम्बन्धी निश्चिन्तताकालागि सदस्यको पारिवारिक आम्दानी वा अन्य आय विवरणसमेत माग गर्न सकिनेछ ।
झ)कुनैपनि जमानी बस्ने व्यक्तिले ऋण चुक्ता नगरे सम्म अरुको जमानी बस्न पाउनेछैन ।

ऋण प्राप्तिकोलागि पेश गर्नुपर्ने कागजातहरूः-
संस्थाबाट ऋण प्राप्तिकालागि सदस्यहरूले देहाय बमोजिमका कागजातहरू पेश गर्नुपर्नेछ ।
क)रितपूर्वक भरिएको ऋण मागको निवेदन फाराम
ख)बचत धितो जमानीमा ऋण मागगरेको भए ऋण रकमलाई खाम्नेगरी बचत जमानीको मञ्जुरी दस्तखत ।
ग)घरजग्गा धितो जमानी राखी ऋण माग गरेकोे भए घरजग्गा वा जग्गा के धितो राख्ने हो सोको व्यहोरा ऋण मागको निवेदनमा खुलाउने । तर सो अचल सम्पति ऋणीको आफ्नो नामको नभै एकाघरका अरूको भएमा घर-जग्गा धनी आफैं संस्थामा उपस्थित भै मञ्जुरीनामा दिनु पर्नेछ । साथै घर-जग्गा धितो राखी ऋण माग गर्नेले ऋण निवेदनसाथ देहाय बमोजिमका थप कागजातहरूसमेत पेश गर्नुपर्नेछ ।
१. नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
२. पासपोर्ट साईजको फोटो एक प्रति
३. जग्गा धनी पूर्जाको सक्कल प्रति
४. घर-जग्गाको सक्कल नापी नक्सा
५. चालु आर्थिक वर्षको मालपोत बुझाएको रसिदको प्रतिलिपि
६. जग्गाको चारकिल्ला प्रमाणित पत्रको प्रतिलिपि
७. घर-जग्गाको कर तिरेको प्रमाणको प्रतिलिपि
८. घर निर्माणार्थ स्वीकृत नक्साको प्रतिलिपि

व्यवसाय वा उद्योग सञ्चालनकोलागि ऋण माग गरेको भए घर-जग्गा धितो प्रयोजनकोलागि आवश्यक यसै नीतिको ७ ग मा व्यवस्था भए बमोजिमका घरजग्गा सम्बन्धी संम्पूर्ण कागजातसहित व्यवसाय वा उद्योग दर्ताप्रमाणपत्र, सोको नवीकरणको प्रमाण तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपिहरूसमेत निवेदनसाथ पेश गर्नुपर्नेछ ।

ऋण निवेदनकासाथ पेश भएका कागजातको परीक्षण वा जाचः
नीतिअनुसार ऋण मागको निवेदन पेश भएपछि कर्मचारीले देहाय बमोजिम छानवीन गर्नुपर्नेछ
१.पेश भएको ऋण माँगको निवेदनमा रित पुगेको छ छैन ।
२.धितो जमानी राखी ऋण लिन चाहने सदस्यले आवश्यक कागजात पेश गरेको छ छैन ।
३.बचत निक्षेप धितो राखी ऋण लिन निवेदन दिएकोमा जमानी बस्ने सदस्यको संस्थामा रहेको सहीछाप, दस्तखत नमुना, संस्थामा निजको खातामा रहेको बचत, ऋण माग गर्ने र जमानी बस्ने व्यक्ति अन्य ऋणी सदस्यको ऋणमा जमानी बसेको छ छैन ।
४.चेक जाँच गरी ऋण माँग रितपूर्वक भए आवश्यक कारवाहीकोलागि संवन्धित कर्मचारीले ऋण स्विकृत गर्ने प्रकृया अगाडि वढाउने छ ।
५.रित नपूगेको देखिए निवेदकलाई के के रित नपूगेको हो सो रित पु-याई पेश गर्नु भनी फिर्ता गर्ने ।
६.ऋण लगानी गर्न नसकिने भए कारण सहितको व्यहोरा उल्लेख गरी ऋण मागकर्ता सदस्यलाई तुरुन्त जानकारी गराउने ।

ऋण सिफारिस गर्दा वा स्वीकृत गर्दा विचार गर्नुपर्ने कुराहरूः-
प्रमुख कार्यकारी अधिकृत वा ऋण उप-समितिले ऋण सिफारिस गर्दा अन्य कुराका अतिरिक्त देहायका कुराहरूमा समेत विशेष ध्यान दिनुपर्नेछ ।
क)ऋण तिर्ने सामथ्र्यता – ऋण माँगकर्ता सदस्यले ऋणमाँगपत्रमा खुलाएको परियोजना विश्लेषण, सञ्चालन अनुभव, परियोजनाबाट हुने आम्दानी र ऋण तिर्न सक्ने सामथ्र्यता ।
ख)चालचलन-आचरण – ऋण मागकर्ताको व्यक्तिगत इमानदारिता, विश्वास, संस्थासग तथा अन्य वित्तीय संस्थासगको कारोवारमा आर्थिक अनुसाशन र सामाजिक चालचलन ।
ग)पूंजी – परियोजनाकोलागि लाग्ने कुल लगानी तथा संस्थाको ऋण र ऋण माँगकर्ताको व्यक्तिगत स्रोतबाट गर्ने लगानी प्रतिशत ।
घ)धितो-ऋणको सुरक्षण बापत दिइएको धितो माँग बमोजिमको ऋणकोलागि पर्याप्तता, धितो स्वीकार गर्न कुनै प्रकारको बाधा व्यवधान नभएको तथा कानुनी एवम् सामाजिक झैझमेलासमेत नभएको ।
ङ)अवस्था- प्रस्तावित परियोजना कानुनी, वातावरणीय, सामाजिक तथा आर्थिक रूपले उपयुक्त भएको हुनुपर्ने ।

स्वलगानीलाई प्राथमिकता
(क) ऋण लगानी गर्दा परियोजनामा उल्लेखित कुल रकममा निम्नलिखित बमोजिमको प्रतिशत रकम ऋणीबाटनै स्वलगानी गराउनु पर्दछ ।
उत्पादनमूलक ऋणमा कम्तिमा ३० प्रतिशत
हायरपर्चेज (किस्ताबन्दी खरीद) ४० प्रतिशत
जग्गा तथा घर निर्माण-मर्मत ३० प्रतिशत

ऋणकोलागि ग्राह्यता वा प्राथमिकताः-

संस्थाका बचत रकममध्ये नगद तथा बैंकमा मौज्दात रकम पर्याप्त नभएको अवस्थामा संस्थाले बहुसंख्यक सदस्यको हितलाई ध्यानमा राखी प्राप्त ऋण निवेदनहरूमा निम्नलिखित बमोजिम प्राथमिकता कायम गर्न सक्नेछः
निक्षेप र शेयरले पूरा सुरक्षित ऋण ।
दैनिक तथा मासिक किस्तामा ऋण फिर्ता गर्ने सदस्य ।
साना र आपतकालीन ऋण ।
सिप र अनुभव भएका सदस्य ।
विगतमा ऋण लिई विश्वास दिलाएका सदस्यहरू ।
ऋणकोलागि अग्रीम निवेदन दिएका सदस्यहरू ।

ऋण लगानी गर्दा लगानी गर्ने पदाधिकारीले ध्यान दिनुपर्ने कुराहरूः-
क) कुनैपनि सदस्यलाई ऋण दिदा पर्याप्त जमानी (बचत वा धितो) बाटमात्र दिनुपर्नेछ ।
ख) ऋण दिदा वा असुल गर्दा अग्राधिकार सेवा वा पक्षपात गर्नुहदैन ।
ग) संस्थाले तोकेको संख्यामा शेयर खरीद गरेको हुनुपर्नेछ ।
घ) ऋण परिचालनकोलागि चाहिने सिप र ज्ञान भएको ऋणी हुनुपर्नेछ ।
ङ) पहिले लिएको ऋणको दुरूपयोग नगरेको व्यक्ति हुनुपर्दछ ।
च) संस्थाले निर्धारण गरेको ब्याजदरमा तोकेको अवधिभित्र ऋण चुक्ता गर्नसक्ने क्षमता भएको व्यक्ति हुनुपर्दछ ।

धितो निरीक्षण, जचबुझ, मूल्याङ्कन तथा भुक्तानी आदेश
क) नियमावलीमा उल्लेख गरिएको प्रक्रिया पुगेको छ छैन हेरी प्रक्रिया नपुगेको भए पूरा गर्न लगाउने
ख) पेश गर्नुपर्ने कागजातहरू पेश भएको र रितपूर्वकको देखिए करारमा लिएका मुल्याङ्कन कर्ता या, व्यास्थापक या ऋण उप-समितिले घरजग्गा भएकै ठाउमा गई हेरी जचबुझ गर्ने ।
ग) आसपासमा खरीद बिक्रीमा चलेको न्यूनतम मूल्यलाई सूक्ष्म अध्ययन गरी अवधारणा बनाउने ।
घ) नेपाल सरकारले कायम गरेको स्थानीय मूल्यसमेतलाई अध्ययन गरी मूल्याङ्कनको आधार तय गर्ने ।
ङ) सम्पूर्ण प्रक्रिया पूरा भएपछि निती अनुसार स्विकृत गर्न पेश गर्ने
च) ऋण स्वीकृतिको जानकारी र भुक्तानीको आदेश संवन्धितलाई दिने ।

घर जग्गा धितो राखी ऋण लगानी गर्दा निम्नलिखित प्रक्रिया पुयाउनु पर्दछः-
मालपोत कार्यालयमा मोठ, रोक्का आदि भिडाउने ।
रोक्का पत्र वा दृष्टिबन्धक वा रजिष्ट्रेशन पास भएको लिखत लिई सुरक्षितसाथ राख्ने ।
लेखकसहित तीनजना साक्षी राखी साक्षीको रोहवरमा ऋण लिने सदस्यलाई लेखात्मक र रेखात्मक सहिछाप गराई, ऋण लगानी प्रक्रिया पु-याई भौचर उठाई भौचर र चेकको अर्धकट्टिमासमेत सदस्यको सही गराई ऋण लगानी गरिसकेपछि सम्पूर्ण कागजातहरूमा व्यवस्थापकले प्रमाणित गर्नुपर्नेछ । ऋण फाइलसाथ जग्गाधनी पूर्जाको सक्कल लगायतका सम्पूर्ण कागजातहरू पञ्जीका बनाई राख्नुपर्नेछ ।

ऋणी सदस्यले खर्च व्यहोर्नु पर्नेः-
धितो मुल्याकन र रोक्का वा दृष्टि बन्धक वा रजिष्टेशन पास गर्दा लाग्ने सम्पूर्ण दस्तुरहरू,र खर्च ऋणी सदस्यलेनै तिर्नु बुझाउनु पर्दछ ।

बचतका आधारमा दिइने ऋणको स्वीकृति प्रक्रियाः-
क) कुनै सदस्यले आ�नो तथा अन्य सदस्यको बचत धितो राखी सोको आधारमा ऋण माँग गरेकोमा ऋणमाँग फारम कार्यालयमा पेश हुन आएपछि कर्मचारीले निजको तथा जमानी बस्ने सदस्यको बचत तथा शेयर खातामा जम्मा भएको रकम माँगपत्रमा खुलाएर ऋण रकमसहित ऋण स्वीकृतिकोलागि व्यवस्थापक समक्ष पेश गर्नुपर्दछ ।
ख) व्यवस्थापकले ऋणमाँग फारम अध्ययन र विश्लेषण गरी ऋण दिन उपयुक्त भएमा बचत रकमको ९० प्रतिशतसम्म प्रक्रिया पूरा गरी ऋण लगानी गर्न सकिनेछ ।
ऋण लेख्यपत्रीकरण