Introduction
कृषक जागरण वचत तथा ऋण सहकारी संस्था लि
ठेगानाः वेसीशहर गा.वि.स. वडा नं. १ बेसीशहर लमजुङ
स्थापनाः २०५६।०१।०६
बचत ऋण कारोवारः २०५९।११।२०
कार्यक्षत्रः लमजुङ जिल्ला भर
आवद्धता
नेफ्स्कुन २०६९–०४–२८
राष्ट्रिय सहकारी बैंक लि. २०६९–०५–१४
लमजुङ जिल्ला वचत संघ २०६९–०४–२३
बेसीशहर क्षेत्र सहकारी समन्वय समिति २०६९–१२–१५
कार्यलय तथा कार्यक्षेत्र विवरण
मुख्य कार्यलय – वेसिशहर, लमजुङ्ग , गोर्खा , तनहुँ, कास्की
सेवा केन्द्र– १०
सेवा काउन्टर – २
कार्यक्षेत्र – गण्डकी अञ्चल स्याङजा जिल्ला बाहेक
सदस्य, संचालक तथा कर्मचारी विवरण
जम्मा सदस्य– ३२१५४, महिला सदस्य– २१३१९, परुष सदस्य– १०८३५
संचालक समिति– ११
संचालक समिति अध्यक्ष– प्रेम वहादुर घले
संचालक समिति वैठक – मासिक
कर्मचारी संख्या– ९९, महिला– ५९, परुष– ४०
सदस्यहरुको भकारी कृषक जागरण सहकारी भन्ने मुल नारा लिएको यस कृषक जागरण वचत तथा ऋण सहकारी २०५६ साल वैशाख ६ गते कृषक जागरण उपभोक्ता सहकारी संस्था लि.को नाउँमा लमजुङ जिल्लाको सदरमुकाम वेसीशहरमा स्थापना भई स्थानिय कृषकहरुद्धारा उत्पादित ताजा तरकारी तथा फलफुल संकलन तथा विक्रि वितरण गर्दै आएकोमा यस सहकारीले २०५९ साल फागुन २० गते देखि बचत तथा ऋण कारोबार सुरु गरि मिति २०६८ साल पौष १९ गते संस्थाको विनियम, लोगो र उद्देश्य समेत परिवर्तन गरि साविक उपभोक्ता को ठाउमा वचत तथा ऋण राखि डिभिजन सहकारी कार्यालय दमौलिबाट स्विकृत लिई सस्था अगडि वढ्दै आएको छ । स्थापनाको १५ वर्ष सम्मा आइपुग्दा यस संस्थाले सहकारी तर्फ र लघुबित्त समेत गरि झण्डै २१ हजार सदस्य पुयाउन सफल भएको छ । सदस्यहरुसँग छरिएर रहेको रकम एक मुष्ठ जम्मा गरि आय आर्जनको क्षेत्रमा सदस्यहरुलाई लगानि गरि सदस्यहरुको जिवन स्तर उकास्ने र फजुल खर्च घटाई वचत गरि भविष्य उज्वल वनाउने काम गर्दै आएको यस सस्थाले सदस्यहरुको दुखको कमाई सूरक्षित रुपमा राख्दै उच्च व्याज समेत दिदै अएको छ । संस्था सदस्यहरुको सुख दुखको भरपर्दो साथी बन्दै जन्म देखी मृत्य सम्म यस संस्थाले सदस्यहरुको साथ दिने योजनाहरुको साथ नयाँ कार्यक्रमहरु लिएर आई रहेको छ ।
सम्मान तथा पुरस्कारहरु
–आर्थिक वर्ष ०७०–०७१ मा नेफस्कुन द्धारा लघुवित्तमा उत्कृष्ट काम गरे वापत सम्मानित
–आर्थिक वर्ष ०७२–०७३ मा गण्डकी अञ्चलमा उत्कृष्ट करदाता द्धारा सम्मानित
–आर्थिक वर्ष ०७३–०७४मा लमजुङ जिल्लाको उत्कृट कर दाता घोषित
–आर्थिक वर्ष ०७४–०७५मा लमजुङ जिल्लाको उत्कृट कर दाता घोषित
हाम्रो लीफ्लेट
१. पहिलो पाना
२. दोस्रो पाना