१. सदस्यहरुले मासिक न्युनतम रु.१००देखि रु.३००० । सम्म नियमित यस खातामा जम्मा गर्न सक्नेछन् ।

२. यस खातामा बार्षिक ११ प्रतिसतले व्याज दिइनेछ । व्याज त्रैमासिक रुपमामा सम्बन्धित सदस्यको खातामा जम्मा गरिनेछ ।

३. सदस्यहरुले प्रत्येक महिना आफूले कबुल गरेको बचत रकम जम्मा गर्नु पर्नेछ । यदि सो बचत मासिक नबुझाएमा दोश्रो महिना भरिमा बुझाउनु पर्ने बचतको २ प्रतिसत र तेस्रो महिना पनि नाघेमा प्रत्येक महिना बुझाउनु पर्ने बचतको ३ प्रतिसत विलम्व शुल्क लिइनेछ ।

४. यस खातामा पासबुक उपलब्ध गराइनेछ र समय समयमा सदस्यहरुले आफ्नो पासबुक भराई प्रमाणित गराउनु पर्नेछ ।

५. बचत गर्न शुरु गरेको १५ बर्षसम्म वा सदस्यको उमेर ७० नपुगे सम्मयस खाताबाट रकम झिक्न पाइने छैन १५ वर्ष अवधि पुरा भए पछि ९० प्रतिशत बचत फिर्ता लिन सक्नेछन् पुन नियमित वचत गर्दै जान सकिने छ । तर सदस्यको दुख विरामी वा आपतकालिन अवस्था परि आएमा प्रमुख कार्यकारी अधिकृतको निर्णयबाट ६० प्रतिशत बचत जुन सुकै बखत पनि फिर्ता दिन सक्नेछ । सदस्यता त्यागेमा जुनसुकै बखतमा पनि व्याज सहित सम्पुर्ण रकम फिर्ता पाउनेछन् ।

६. संस्था रहेको अन्य झिक्न मिल्ने वचत खाता वाट नियमित वचत संस्थाबाटै तानेर जम्मागरिदिने अख्तियारी संस्थालाई दिन पनि सकिने छ ।

७. चालु आ.व.मा एकै दर कायम रहनेगरि बचत गर्नु पर्ने छ र अर्को आ.व.मा बचत रकम थप गर्दै जान सकिने छ तर घटि गर्न भने सकिने छैन ।

८. रु १०००००।- सम्म निशुल्क दूरघटना विमाको व्यवस्था यो खाता खोल्ने सदस्यलाई उपलब्ध गराईएको छ ।