सदस्यहरूले खेतिपातिकालागि एवम् उन्नत बिउबिजन, पशुपालन, कृषि उपकरण, आदि खरिद वा कृषिजन्य उत्पादन उपयोग गरिने कार्यमा यो ऋण प्रदान गरिने छ । सदस्यले संस्थामा सदस्य वनि ३ महिना नियमित वचत गरेको अवस्थामा, विगतमा ऋण लगेको भए नियमित किस्ता व्याज आएको रेकर्ड भएमा र सदस्य राहत कोषमा रकम जम्मा गरेको अवस्थामा यो ऋण प्रदान गरिनेछ । यो ऋण वढिमा ३ वर्ष अवधिकोे र ६ महिना सम्म व्याज मात्र तिर्न ग्रेस अवधि रहने छ र ३० समान किस्ता र १५।५ देखी १६ प्रतिशत व्याज मासिक तिर्ने गरि र वढिमा रु.२५,००,०००।- यो ऋणको सिमा रहने छ । प्रमुख कार्यकारी अधिकृतले यो ऋण आवश्यक धितोलिई स्विकृत रु. १५०००००।- सम्म गर्न सक्नेछ सो भन्दा माथि ऋण उपसमितीले स्विकृत गर्नेछ । यो ऋणको ५ प्रतिशत सम्म संस्थाको शेयर खरिद गरेको हुनु पर्दछ ।