Business Loan

कुनैपनि सरसामान खरीद-विक्री, थोक तथा खुद्रा व्यापार सञ्चालनार्थ दिईने ऋणलाई व्यापार कर्जा भनिनेछ । यस अन्तरगत पुजी लगानीका आधारमा साना ,मध्यम र ठूला ब्यापार कार्यमा यो ऋण प्रदान गरिने छ । सदस्यले संस्थामा सदस्य वनि ३ महिना नियमित वचत गरेको अवस्थामा, विगतमा ऋण लगेको भए नियमित किस्ता व्याज आएको रेकर्ड भएमा र सदस्य राहत कोषमा रकम जम्मा गरेको अवस्थामा यो ऋण प्रदान गरिनेछ । यो ऋण वढिमा २ वर्ष अवधिकोे र २ महिना सम्म व्याज मात्र तिर्न ग्रेस अवधि रहने छ र २२ स्वेच्छिक मासिक किस्ता र १६ प्रतिशत व्याज मासिक तिर्ने गरि र वढिमा रु. ५,००,०००।- यो ऋणको सिमा रहने छ । प्रमुख कार्यकारी अधिकृतले यो ऋण आवश्यक धितोलिई वा पहिले तिन पटक ऋण लिइ सहि सदुपयोग गरेका, व्यपार व्यवसाय राम्रो भएको सदस्यको हदमा विना धितो व्यक्तिगत धन जमानिमा समेत लिई या नलिई प्रमुख कार्यकारी अधिकृतले स्विकृत गर्न सक्नेछ । यो ऋणको ५ प्रतिशत सम्म संस्थाको शेयर खरिद गरेको हुनु पर्दछ ।