सदस्यले संस्थामा सदस्य वनि ६ महिना नियमित वचत गरेको अवस्थामा, विगतमा ऋण लगेको भए नियमित किस्ता व्याज अएको रेकर्ड भएमा र सदस्य राहत कोषमा रकम जम्मा गरेको अवस्थामा सदस्यको छोरा छोरी नाति नातिनाको उच्च शिक्षाको लगि यो ऋण प्रदान गरिनेछ । यो ऋण वढिमा ३ वर्ष अवधिकोे ३६ समान किस्ता र १६ प्रतिशत व्याज मासिक तिर्ने गरि र वढिमा रु. ५,००,०००।- यो ऋणको सिमा रहने छ । प्रमुख कार्यकारी अधिकृतले यो ऋण आवश्यक धितोलिई स्विकृत गर्न सक्नेछ । यो ऋण लिदा कम्तिमा ५ प्रतिशत सम्म संस्थाको शेयर खरिद हुनुपर्दछ ।