Foreign Employment Loan

विभिन्न सिप, क्षमता, ज्ञान, कला भएका सदस्यहरू, सदस्यको श्रीमान छोरा छोरी विदेशमा गएर रोजगारी चाहनेहरूकोलागि वैदेशिक रोजगारीको कागजातहरूको प्रमाण र रोजगार हेरी यो ऋण प्रदान गरिने छ । सदस्यले संस्थामा सदस्य वनि ३ महिना नियमित वचत गरेको अवस्थामा, विगतमा ऋण लगेको भए नियमित किस्ता व्याज आएको रेकर्ड भएमा र सदस्य राहत कोषमा रकम जम्मा गरेको अवस्थामा यो ऋण प्रदान गरिनेछ । यो ऋण वढिमा २ वर्ष अवधिकोे र २ महिना सम्म व्याज मात्र तिर्न ग्रेस अवधि रहने छ र २२ समान किस्ता र १६ प्रतिशत व्याज मासिक तिर्ने गरि र वढिमा रु. ५,००,०००।- यो ऋणको सिमा रहने छ । प्रमुख कार्यकारी अधिकृतले यो ऋण आवश्यक धितोलिई स्विकृत गर्न सक्नेछ । यो ऋणको ५ प्रतिशत सम्म संस्थाको शेयर खरिद गरेको हुनु पर्दछ ।