सदस्यले संस्थामा सदस्य वनि ६ महिना नियमित वचत गरेको अवस्थामा, विगतमा ऋण लगेको भए नियमित किस्ता व्याज आएको रेकर्ड भएमा र सदस्य राहत कोषमा रकम जम्मा गरेको अवस्थामा सामाजिक संस्कार, रीतिस्थिती, चाडपर्व मान्न वैबाहिक कार्य गर्न यो ऋण प्रदान गरिनेछ । यो ऋण वढिमा १ वर्ष अवधिकोे १२ समान किस्ता र १६ प्रतिशत व्याज मासिक तिर्ने गरि र वढिमा रु. २,००,०००।- यो ऋणको सिमा रहने छ । प्रमुख कार्यकारी अधिकृतले या निजले अधिकार दिएको व्यक्तिले यो ऋण स्विकृत गर्न सक्नेछ । वचत जमानि या घर जग्गा जमानिमा यो ऋण प्रदान गरिनेछ । यो ऋणको ५ प्रतिशत सम्म संस्थाको शेयर खरिद गरेको हुनु पर्दछ ।