कृषक जागरण जागरण साकोस लमजुङ जिल्लामा परिचित अग्रणि वित्तिय संस्था हो । स्थापना काल देखिनै यसले आफनो विनियमको अधिनमा वसेर आफना सदस्यहरुलाई विभिन्न सेवाहरु प्रदान गर्दै आइरहेको छ । वचत, ऋण र विप्रेषण सेवा वाहेक यस संस्थाले सामजिक दायित्व अन्र्तगत समाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । आफना सदस्यहरुलाई छिटो, छरितो र सहुलियत दरमा सेवा प्रदान गर्नु नै यस संस्थाको मुख्य उदेष्य रहेको छ । त्यही उदेष्य अनुरुप काम गर्दै जादाँ आज यस संस्था सदस्यता र कारोवारको हिसावले नेपालकै उत्कृष्ट र ठुलो सहकारी संस्था वन्न सफल भएको छ । संस्थालाई आजको दिनसम्म ल्याईपुरयाउन महत्वपूर्ण योगदान पुरयायनुहुने सम्पूर्ण शेयर सदस्य, शुभचिन्तक तथा कर्मचारी साथीहरुलाई धन्यवाद प्रकट आगमि दिनमा समेत निरन्तर सल्लाह सुझाव तथा सहयोगको अपेक्षा गर्दछु ।

जय सहकारी, जय कृषक जागरण साकोस